कोरोना नियन्त्रणमा पुरानो कानूनको प्रयोगले नतिजा आउन सकेन ः अधिवक्ता देवकोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोरोना नियन्त्रणमा पुरानो कानूनको प्रयोगले नतिजा आउन सकेन ः अधिवक्ता देवकोटा

काठमाडौं, ३१ साउन । वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संक्रामक रोग सम्बन्धी पुरानो कानूनको प्रयोगले कोरोना नियन्त्रणमा प्रभावकारी नतिजा आउन नसकेको टिप्पणी गर्नु भएको छ । संविधान जारी भएपछि बनेका ऐन कानूनहरुको प्रयोग नगरी सरकारले पुरानो कानूनको मात्रै प्रयोग गरेकाले महामारी नियन्त्रण प्रभावकारी हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो २०२० सालको संक्रामक रोग ऐनले कोरोना लगायत कुनैपनि महामारी लाई चिन्न नसक्ने भएकाले उक्त कानूनको प्रयोग उपयुक्त नहुने उहाँको तर्क छ ।

संविधानले संक्रामक रोग, सरुवारोग र महामारी लगायतको नियन्त्रणका लागि संघीय सरकारलाई अधिकार दिएको भएपनि त्यस विपरित व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिइएकाले पनि समस्या उत्पन्न भएको अधिवक्ता देवकोटाले बताउनुभयो । यस सम्बन्धमा कानून समाजले अध्ययन गरी तयार पारेको प्रतिवेदन संघीय संसदकोे शिक्षा तथा स्वास्थ्य समितिलाई बुझाइ सकेको पनि देवकोटाले उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);