लिदी पहिरोमा बेपत्ता थप पाँचजनाको शव फेला (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लिदी पहिरोमा बेपत्ता थप पाँचजनाको शव फेला (अपडेट)

सिन्धुपाल्चोक, ४ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप ५ जनाको शव भेटिएको छ । गत शुक्रबारको पहिरोमा बेपत्ता भएकामध्ये ३ महिला, १ पुरुष र १ बालकको शव बिहीबार फेला परेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ, १८ वर्षीया ललिता दोङ, ४२ बर्षीय हिरा दोङ र २४ बर्षीया सङ ल्हामुको शव फेला परेको हो । योसँगै लिदी पहिरोमा १६ पुरूष र १४ महिलासंगै ज्यान गुमाउनेको संख्या ३० जना पुगेको छ । पहिरोमा परेका ९ जना अझै बेपत्ता छन् । तीमध्ये १४ बालबालिका मात्रै छन् ।

पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् । घटना स्थलमा एक्साभेटर लैजान सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);