फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता पाँचै जनाको शव भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता पाँचै जनाको शव भेटियो

पाल्पा, १० असोज । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर बेपत्ता भएका पाँच जनाकै शव भेटिएको छ । गत बिहीबार राति रभ्भा गाउपालिका फोक्सीङको बेलौजेमा घर पुरिएर ५ जना बेपत्ता भएका थिए ।

शुक्रबार दिउसो सम्म ३ जनाको शव भेटिएको थियो भने गए राती २ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

गए राती ६० वर्षिय हुम बहादुर गाहा र उनको श्रीमती ५० वर्षिय हुमिसरा गाहाको शव गए राति भेटिएको हो । यस अगाडि कृष्णमाया गाहा, खुमीसरा आले, लक्ष्मी गाहाको शव भेटिएको थियो ।

शुक्रबार बिहानै देखि नै नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना , स्थानिय बासिन्दा खोजी कार्यमा कृयाशिल रहेका थिए।

बिहीबार अविरल वर्षाका कारण आवत जावतमा कठिन हुदा उद्धार कार्यमा समेत कठिन भएको प्रहरी कार्यलयका सुचना अधिकारी मदन गिरीले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);