कर्णाली नदीमा डुंगा पल्टिंदा घाइते भएकी एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कर्णाली नदीमा डुंगा पल्टिंदा घाइते भएकी एक महिलाको मृत्यु

कैलाली । कर्णाली नदीमा डुंगा पल्टिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएकी कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मगरको एक महिने छोरा पनि दुर्घटनामा घाइते भएका छन् यद्यपी उनको अवस्थमा भने सामान्य रहेको प्रहरी कार्यालयले जनाएको छ ।

कर्णाली नदीमा आइतबार काठको डुगां पल्टिँदा एक गर्भवतीसहित तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता भएकाहरु मोहन्याल गाउँपालिका–३ की २० वर्षीया उर्मिला सलामी मगर र उनको १० दिनको बच्चा र सोही ठाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार काठको डुंगामा १० जना सवार थिए ।

डुंगामा रहेका एक बालकलाई उद्दार गरेर मोहन्याल गाउँपालिकाको शोल्टा स्वास्थ्य चौकीमा पठाईएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

सुर्खेतको चौकुने गाउँपालिकाको विजौरामा आइतबार खोप लगाउने कार्यक्रम रहेकाले आफ्ना बच्चाहरुलाई नियमित खोप लगाउनका लागि उनीहरु डुंगामा सवार भएको बताइएको छ ।

बेपत्ताहरुको प्रहरी र स्थानीयद्धारा खोजी कार्य जारी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);