मेलम्ची सरोकार समितिद्धारा मेलम्ची नगरपालिका घेराउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मेलम्ची सरोकार समितिद्धारा मेलम्ची नगरपालिका घेराउ

सिन्धुपाल्चोक । मेलम्ची सरोकार समितिले आइतबार मेलम्ची नगरपालिका घेराउ गरेको छ ।

बाढी गएको ४७ दिन भईसक्दा पनि स्थानीय सरकारको उपस्थिती नभएकाले आन्दोलन नै गर्नुपरेको मेलम्ची सरोकार समितिले जनाएको छ । शान्तिपूर्ण रूपमा गरेको आन्दोलनको सम्बोधन नभएको खण्डमा जुनकुनै हद पार गरी आन्दोलनमा उत्रने अभियन्ता सागर श्रेष्ठले चेतावनी दिएका छन् ।

असार १ गते आएको बाढीबाट प्रभावित मेलम्ची नगरपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको थियो । त्यस पश्चात् स्थानीय तहले बस्ती जोगाउनको लागि पटक पटक मेलम्ची नगरपालिकामा अनुरोध गर्दा पनि बेवास्ता गरेपछि उनीहरू आन्दोलित हुन बाध्य भएका हु्न ।

बाँकी रहेका घर जोगाउनको लागि स्थानीयले पटकपटक सरकारसँग माग गर्दा पनि बेवास्ता गर्दै आएको र बाढी गएको ४७ दिन सम्म पनि मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल, उपमेयर भगवती नेपाल कोही पनि बजारमा स्थानीयको गुनासो सुन्न नआएको मेलम्ची पुननिर्माण सरोकार समितिका संयोजक महाबिर श्रेष्ठले गुनासो गरे ।

आजको आन्दोलन चेतावनीमुलक मात्रै भएको र अझैपनि नगरपालिकाले अटेर गरेमा नगरपालिकामा ताला लगाउने महाबिर श्रेष्ठले बताए ।


यसैक्रममा गए रातिको हेलम्बु मेलम्ची बाढीले मेलम्ची र हेलम्बुमा ठूलो धनजनको क्षति भएको छ । असार १ गतेको जस्तै लेदो पानीको बाढी आउँदा १७ घर टहरा बगाएका छन् ।

यस पटकको बाढीले मेलम्चीमा एउटा सामुदायिक रेडियोको भवन बगाएको छ । बाढीले मेलम्ची बस्ती पुनः जोखिममा परेको छ । स्थानीयहरू बस्ती जोगाउनको लागि नदी तटमा ढुङगाको बाँध बनाईरहेका छन् । स्थानीय सरकार भने मेलम्ची बजारमा समेत नआएको स्थानीयको गुनासो छ ।

हेलम्बुको रातो पुल बगाएसंगै हेलम्बु र मेलम्चीको सम्बन्ध बिच्छेद भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);