६० दिन भित्रमा मेलम्चीको पानी काठमाडौंमा आउँदैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

६० दिन भित्रमा मेलम्चीको पानी काठमाडौंमा आउँदैन

काठमाडौं, १८ मंसिर । खानेपानी मन्त्री र खानेपानी सचिवले भने जस्तो ६० दिन भित्र मेलम्चीको पानी काठमाडौंमा नआउने भएको छ । प्रतिनिधिसभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजना निर्माणस्थल सुन्दरीजलकोे स्थलगत अनुगमन गरि तत्काल मेलम्चीको पानी काठमाडाैं आउने संभावना नरहेको ठहर गरेको हो ।

सतही व्याख्या र अनुमान भन्दा निर्माण प्रक्रिया भिन्न भएको भन्दै समितिले स्थलगत अध्ययनको क्रममा तत्काल मेलम्चीको पानी काठमाडाैं आउने संभावना नदेखिएको प्रतिक्रिया दिएको छ ।

गत आईतबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी सचिव गजेन्द्र कुमार ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आउने दाबी गरेका थिए । उनँले ६० दिन भित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिन भित्र काठमाडौंको घरघरमा पानी पु¥याउने दावी गरेका थिए ।

त्यसैगरी २०७४ चैत ८ गते राजधानीमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री विना मगरले दशै अगाडि नै मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेकी थिइन् ।

मन्त्री र सचिवले आ आफ्ना मिति घोषणा गरेपनि आयोजना निर्माणको यथास्थित भने भिन्न छ । साच्चै मन्त्री र सचिवको अभिव्यक्ति अनुसार ६० दिन भित्र मेलम्चीको पानी काठमाडाैं आउने अवस्था छैन ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिले सोमबार बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनमा पनि त्यस्तै देखियो । अनुगमनका क्रममा अझै पनि २ किलोमिटर सुरुङको फाइनल फिनिसिङ, २ वटा भेन्टीलेसन साइट निर्माण, ९ वटा हाईड्रोमेकानिक जडान, २ सय ४० मिटर सुुन्दरीजल सप्लाई पाईप जडान, र १ सय वटा विभिन्न किसिमका इक्वीपमेन्ट जडान लगायतका काम बाँकी नै छ । बाँकी रहेको काम कम्तीमा मार्च २०१९ अर्थात् २०७५ चैत सम्ममा सक्ने लक्ष्य आयोजनाले लिएको छ । मेलम्ची खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्दा पटक पटक समय थप हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);