कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था हुँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था हुँदै

अर्थमन्त्री डा. युवराज खतिवडा

काठमाडौं, १८ मंसिर । सरकारले कर्मचारीहरुका लागि ‘योगदानमा आधारित निवृत्तिभरण कोष’को छुट्टै व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ भर्ना हुने कर्मचारीका लागि सरकारले ‘योगदानमा आधारित निवृत्तिभरण कोष’को छुट्टै व्यवस्था गर्न लागिएको जानकारी दिए ।

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै उनले वित्तिय प्रणालीलाई व्यवस्थित बनाउन र मुलुकमा अनावश्यक वित्तिय भार हुन नदिन पनि सरकारले नयाँ कर्मचारीहरुका लागि पेन्सन बराबरको आर्थिक सहायता उपलब्ध गराउन सो कोषको व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले सो कोषको व्यवस्था गर्न सरकारले संघीय संसदमा ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गर्नु परेको बताए । अर्थ समितिको मंगलबारको बैठकमा सोही विधेयकमाथिको छलफल सुरु भएको छ ।

अर्थमन्त्री खतिवडाले सो विधेयकमा सेवा निवृत्त भएका कर्मचारीहरुले आर्थिक सहायता पाउने सुनिश्चितता गरेको दावी समेत गरेका छन् ।

अर्थमन्त्री अतिवडाले सामाजिक सुरक्षा प्रणालीलाई दिगो, भरपर्दो र चीरस्थायी बनाउन सो कोषको आवश्यक्ता परेको बताए । बैठकमा समितिका सदस्य प्रेम सुवालले गरिव पृष्ठभूमिबाट आएका कर्मचारीलाई अरु कर्मचारीको भन्दाबढि निवृत्तीभरणको व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले सरकारले मजदुर र किसानलाई पनि निवृत्तभरण दिने गरी कानुनी व्यवस्था गर्न नसकेकोमा असन्तुष्टि व्यक्त गरे । समितिका सदस्यहरुले कर्मचारीहरुको सेवा र सुविधाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);