खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कामप्रति राज्यमन्त्रीको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कामप्रति राज्यमन्त्रीको असन्तुष्टि

काठमाडौं, १८ मंसिर । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

राज्यमन्त्री चौंधरीले खाद्य स्वच्छता अभियान समेत संचालन गर्न नसकेको उल्लेख गर्दै सो विभागको कामकार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् । मंगलबार काठमाडौंमा आयोजित विभागको प्रथम चौंमासिक प्रगति समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव स्वास्थ्यमा हानी पु-याउने खाद्य बस्तु विक्रीवितरण गर्नेमाथि किन कार्वाही नगरेको भनि विभागका पदाधिकारीलाई प्रश्न गरेकी छन् ।

विभागले जनताको दैनिक उपभोग्य दुध, पानीलगायतका बस्तु स्वच्छ बनाउने आफ्नो अधिकारलाई समेत प्रयोग गर्न नसकेकोमा राज्यमन्त्री चौंधरीको आक्रोश छ ।

राज्यमन्त्री चौधरीले विभागले मन्त्रालयको दवावमा मात्रै काम गर्ने गरेको भन्दै आपत्ति प्रकट गरिन् । कार्यक्रममा बोल्दै विभागका महानिर्देशक संजीवकुमार कर्णले भने राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला स्थापना गरेर ठूलो प्रगति हासिल गरेको बताए ।

उनले विभागले ३२ वटा नयाँ कार्यालय खोलेको, कर्मचारीहरुको व्यवस्थापन गरी उनीहरुको तलव, भत्ताको उचित व्यवस्था गरेको लगायत प्रथम चौमासिक कामको प्रगति विवरण पनि प्रस्तुत गरेका थिए ।

विभागले चालू आर्थिक वर्षको बाँकि ८ महिनामा लक्ष्य अनुसार काम गर्ने प्रतिवद्धता जनाएको छ । प्रथम चौमासिकमा भने नयाँ कार्यालय खोल्ने र त्यहाँ कर्मचारी पदस्थापन गर्ने काममा ध्यान दिनु परेकाले अन्य काम गर्न नसकेको विभागका महानिर्देशक कर्णको स्पष्टिकरण छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);