सरकार एशीया प्यासिफिक समिटमा सहभागी भएकामा प्रतिपक्ष दल असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सरकार एशीया प्यासिफिक समिटमा सहभागी भएकामा प्रतिपक्ष दल असन्तुष्ट

asia pacific summit

काठमाडौं, १८ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री मीन विश्वकर्माले विवादास्पद युनिभर्सल पिस फेडेरेशन (यूपीएफ) ले आयोजना गरेको कार्यक्रममा सरकार आफै सहभागी भएकोमा आपत्ति जनाएका छन् ।

काँग्रेस नेता विश्वकर्माले विवादित संस्था यूपीएफले आयोजना गरेको एशीया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओली आफैं सहभागी भएबाट नेपाल सरकार विश्वमै दृष्टिकोणविहिन सरकारको रुपमा परिचित भएको उनको आरोप छ।

यूपिएफ जस्तो कर छलीलगायतका आरोपमा फसेको संस्थालाई नेपालमा कार्यक्रम गर्न लगाएर सरकारले दुई छिमेकी मुलुक भारत र चीन तथा विश्वका कूटनीतिक महत्व राख्ने विभिन्न मुलुकहरुको नेपालप्रतिको विश्वासलाई समेत टुटाएको काँग्रेस नेता विश्वकर्माको तर्क छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले पनि क्रिष्चियन धर्मको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री केपी ओलीले गल्ती गरेको बताए । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले धर्म निरपेक्ष राष्ट्रको सरकार कुनै एउटा धर्मको प्रचारमा सहभागी हुनु, खर्च गर्नु संविधान विरोधी काम भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले क्रिश्चियन धर्म प्रचार संस्थाले आयोजना गरेको कार्यक्रममा राज्य संयन्त्रको परिचालन हुनु आपत्तिजनक रहेको बताए । उनले यो घटनाले मुलुकमा जातीय द्धन्द्ध निम्तनसक्ने तर्फ सचेत गराए । प्रधानमन्त्री ओली सो कार्यक्रममा सहभागी भएकोमा अध्यक्ष राणाको आक्रोश छ ।

अध्यक्ष राणाले द्वन्द्वको चपेटाबाट भर्खरै मुक्त भएको मुलुकमा पुन जातीय द्वन्द्व ल्याउने गरी सरकार एशीया प्यासिफिक समिटमा सहभागी भएको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);