कम्बोडियाका प्रधानमन्त्री सेन काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कम्बोडियाका प्रधानमन्त्री सेन काठमाडौंमा

काठमाडौं, १३ मंसिर । कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुगेका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु हुने एशीया प्यासिफिक समिटमा भाग लिन प्रधानमन्त्री सेन बिहीबार काठमाडौं आईपुगेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका छन् । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री सेनको सम्मानमा सलामी अर्पण समेत गरेको थियो ।

प्रधानमन्त्री सेनसहित समिटमा सहभागी हुन विदेशी विशिष्ट पाहुनाहरु आउने क्रम सुरु भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंको बौद्धस्थित ह्यात होटलमा सम्मेलन चार दिनसम्म चल्नेछ ।

सम्मेलनमा ४५ देशका १५ सय पाहुना सहभागी हुने बताइएको छ । सम्मेलनको उद्घाटन सत्रमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा शान्ति, विकास, सुशासनलगायतका विषयमा पनि विस्तृत छलफल हुने एजेन्डा तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);