काठमाडौंमा जोर–बिजोर प्रणाली: आज बिजोर, सुकी र हुनसेन आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौंमा जोर–बिजोर प्रणाली: आज बिजोर, सुकी र हुनसेन आउँदै

bus

काठमाडौं, १३ मंसिर । सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू गरेको छ ।

मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गरिएको हो । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म ह्यात रिजेन्सीमा हुन लागेको एसिया प्यासिफिक समिटमा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुखहरु सहभागी हुने छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, आजदेखि १६ गतेसम्म चार दिन उपत्यकामा चल्ने सवारी साधनहरुमा जोर–बिजोर प्रणाली लागू हुनेछ । मंसिर १३ आज र १५ गते नम्बर प्लेटको अन्तिमको अंक बिजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधन मात्र चल्न पाउनेछन् ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनको हकमा भने यो नियम लागू हुने छैन । यस्ता सवारीसाधनहरु अन्य दिनहरुमा जस्तै निर्वाध चल्न सक्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार आज म्यान्मारकी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउँदै छन् । उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);