कास्कीमा साउन २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपियाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कास्कीमा साउन २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपियाे

कास्की । कास्कीमा साउन २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड १९ को संक्रमणदर र मृत्युदरमा केहि कमि आएको छ । यद्यपि अपेक्षा गरे अनुरुप नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि साउन २० गतेसम्म थप गरिने भएको छ ।

असार ५ गते राति १२ बजेबाट लागु हुने गरी थप गरिएको निषेधाज्ञामा कास्की जिल्लामा चल्ने सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागु हटाईएको छ ।

त्यस्तै लामो दुरीका सवारी सधानले सम्बन्धित संघ सस्थाको शिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालयसंग समन्वय  गरि  संचालन गर्न पाउने छन भने जिल्ला प्रशासन कार्यालय कास्कीले पुरानो सुचनामा जस्तै यो विज्ञप्तिमा पनि सिनेमा हल , पार्टी प्यालेस , होटल , रेस्टुरेन्ट लगायतका विभिन्न भिड हुने स्थानमा भने खोल्ने र सञ्चालन नगर्न अनुरोध गरेको छ।

औषधि तथा हस्पिटलका सवारी साधन २४ है घण्टा संचालन हुने छ भन्ने निर्माण सामाग्री बोकेका सवारी साधन भने बेलुका ७ बजे देखि बिहान ५ बजे सम्म सन्चालन हुने जानकारी विज्ञप्तिमा जनाइएको  छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);