चितवनमा निषेधाज्ञामा थप कडाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चितवनमा निषेधाज्ञामा थप कडाइ

चितवन । चितवन, २४ साउन । जिल्ला प्रशासन कार्यालय चितवनले साउन २४ गते राति १२ देखि साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । यसअघि साउन २४ गते राति १२ बजेसम्मलाई निषेधाज्ञा कायम भएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनले सार्बजनिक सुचना जारि गरि निषेधाज्ञामा थप कडाई गरिएको जनाएको हो। निषेधाज्ञामा अत्यावश्यक काम नपरी घर बाहिर नस्किन र अनिवार्य रुपमा मास्क र भौतिक दुरी कायम गर्न आग्रह गरिऐक्को छ । सुचना अनुसार अब देखि खाध्यन्न तथा तरकारि , माछा मासु , अन्डा दुध डेरि, ग्यांस, भेटेनरि ,पुजा सामाग्रि पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने छ ।

त्यस्तै इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर तथा फर्निसिङ, अटोमोबाइल, मोटरपार्ट्स , जुत्ता÷ चप्पल, टेलरिङ, पुस्तक तथा स्टेशनरी, वर्कशप, निर्माण सामग्री लगायतका पसलहरु आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाईने छ। साथै बैंक तथा वित्तिय संस्था र सहकारीहरुले सेवा सञ्चालन गर्न पाईने तर घरदैलोमा गई रकम संकलन तथा समूह भेला गर्न नपाईने प्रसासन ले जनाएको छ ।

यता उद्योग कलकारखानाको हकमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्ने सकिने तथा नियमित कामदारहरुको अनिबार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न निर्देशन दिइएको छ। यसैगरी निजी तथा सार्वजनिक सवारी साधनहरु जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर सञ्चालन गर्न पाइनेछ । अब पनि कुनै प्रकारको सभा, सम्मेलन, सेमिनार, महोत्सव सञ्चालन गर्न नपाइने उल्लेख छ ।

भौतिक रुपमा नै उपस्थित भइ गर्नुपर्ने साधारण सभा गर्न पाइने छैन । यसैगरी भौतिक रुपमै उपस्थित भएर पठनपाठन गर्न नपाइने, सिनेमा, पार्टी प्यालेस, ब्युटी पार्लर, सैलुन, जिमखाना, फुटसलहरु सञ्चालन गर्न पाइने छैन । यस्तै मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिकस्थलमा नित्य पूजा बाहेक अन्य जमघट गर्न नपाइने उल्लेख छ ।

मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधनहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी अत्यावश्यक प्रयोजनका लागि सञ्चालन गर्न पाउने भएका छन् । यसका लागि सम्बन्धित यातायात व्यवसायी संघको सिफारिस र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सिमित संख्यामा सञ्चालन गर्न पाइने भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);