चितवनमा असार ३१ गतेसम्म निषेधाज्ञा, के-के खुल्ने ? ( पूर्णपाठ सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चितवनमा असार ३१ गतेसम्म निषेधाज्ञा, के-के खुल्ने ? ( पूर्णपाठ सहित)

चितवन । चितवनमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साताकाे लागि लम्ब्याइएको छ ।

असार २४ गते राति १२ बजेदेखि निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गते राति १२ बजेसम्म लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय चितवनले थप गरेको हाे । 

आदेशानुसार शुक्रबारदेखि बजार, होटल , इलेक्ट्रोनिक्स पसल, भाँडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्ट्स, जुत्ता चप्पल, टेलरिङ, प्रेस तथा फोटोकपी पसल बिहान ११ देखि साँझ ७ बजेसम्म खोल्न पाइने छ ।

यसबाहेक खाद्यान्न, दूध, माछा मासु, औषधि, ग्यास, तरकारी तथा फलफूल, निर्माण सामग्री सम्बन्धी पसल तथा पुस्तक पसलमा लगाइएको समय सीमा हटाइएको छ ।

 अन्य सबै सरकारी कार्यालयले पनि स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);