नेपाल वायुसेवा निगम सरकारको स्वामित्वमा नै रहनुपर्ने धारणा रहेको व्यवस्थापनको स्पष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल वायुसेवा निगम सरकारको स्वामित्वमा नै रहनुपर्ने धारणा रहेको व्यवस्थापनको स्पष्टोक्ति

काठमाडाैं । नेपाल वायुसेवा निगम व्यवस्थापनले निगम पूर्णरुपमा नेपाल सरकारको स्वामित्वमा रहिरहनुपर्छ भन्ने आफूहरुको धारणा रहेको स्पष्ट पारेको छ ।

निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा निगम सञ्चालक समितिले नेपाल सरकार, अर्थमन्त्रालयको निर्देशन पालना गरेको र व्यवस्थापनले निगमको सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना गर्ने भएको उल्लेख छ ।

विज्ञप्तिमा प्रवन्ध पत्र तथा नियमावलीको मस्यौदाको विषय निगम व्यवस्थापनमा नपठाइएकाले निर्णय पालना गर्ने कार्य मात्र निगम व्यवस्थापनबाट भएको उल्लेख गरिएको छ । निगमले कार्यरत कर्मचारीसम्बद्ध तीनवटै ट्रेड युनियनले गरिरहेको आन्दालनप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।

यसअघि नेपाल वायुसेवा निगमका कर्मचारीहरुले निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताइसकेका छन् । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताएको हो ।

सरकारको स्वामित्वमा रहेको निगमलाई नीजिकरण गर्नका लागि कम्पनीको प्रवन्धपत्र र नियमावलीको मस्यौदा समेत तयार पारीसक्दा पनि सरोकारवालाहरुसँग छलफल नगरेको ट्रेड युनियनको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);