ठमेलबाट १ लाख २३ हजारसहित ५ चिनियाँ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

ठमेलबाट १ लाख २३ हजारसहित ५ चिनियाँ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौँको ठमेलबाट जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले ठमेल जेपी मोडमा चिनियाँ नागरिकले संचालन गरेको होटेलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

जुवातास र सट्टाबाजी खेलिरहेको सूचनाको आधारमा प्रहरीले चिनियाँ नागरिक सिआयोलङले सञ्चालन गरेको सियाङ होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिआयोलङसहित पी. चुआन, हु वेनबिन, ही फुयु र लि सिआओ तोङ रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट १ लाख २३ हजार नेपाली रुपैयाँ, जुवातास खेल्न प्रयोग गरिएको विद्युतिय टेबल १ थान, जुवातास खेल्न प्रयोग हुने चाईनिज भाषा माजुङ बताउने पलाष्टिकको गोटी २१० थान, खोलिएको अबस्थामा रहेको रातो रंगको तास १६० पत्ता, नं. २१० लेखिएको चाईनिज लामो तास १ डिब्बा, नं २२८ लेखिएको चाईनिज लामो तास १ डिब्बा र खुल्ला अवस्थामा रहेको चाईनिज लामो तास ७० पत्ता बरामद गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);