४० किलो गाँजासहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

४० किलो गाँजासहित ३ जना पक्राउ

सर्लाही । प्रहरीले सर्लाहीको ईश्वरपुरबाट ४० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासबाट प्रहरी निरीक्षक जनकराज ढुंगानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले वुधवार दिउँसो ईश्वरपुर नगरपालिका १२ बाँके जंगलस्थित पूर्व–पश्चिम राजमार्गबाट गाँजासहित त्यसको ओसारपसारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका–११ का २४ वर्षीय संगी लामा, लालबन्दी नगरपालिका–८ नेवार टोलका २७ वर्षीय दिलिप कुमार लोपचन र लालबन्दी नगरपालिका–११ का २१ वर्षीय शंखलाल बल रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ना ६३ प ६७७ नम्वरको मोटरसाइकलमा पूर्वतर्फ लिएर हिँडिरहेको अवस्थामा गाँजा बरामद प्रहरीले जनाएको छ ।

उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);