गाँजा सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गाँजा सहित ३ जना पक्राउ

सर्लाही , ९ चैत । सर्लाही प्रहरीले १५ किलो लागूऔषध गाँजासहित ३ जनालाइ पक्राउ गरेको छ । प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका(१७, रानीगंजबाट लागूऔषध गाँजासहित तीनजना र एउटा अटोलाई नियन्त्रणमा लिएको हो ।

आइतवार साँझ पौने ६ बजेको समयमा विशेष सुराकीको आधारमा खटिएका प्रहरी टोलीले लालबन्दी न।पा को रानीगंज स्थित परवानीपुर देखि रानीगंजतर्फ ल्याएको ज १ ह ४६०९ नम्बरको अटोलाई शंका लागि रोकेर चेकजाँच गर्दा अटोमा रहेको जेब्रा झोला भित्र ३ वटा प्लास्टिकको पोकामा १५ किलो गाँजा बरामद गरेको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

प्रहरीले लागूऔषध गाँजासहित अटोमा सवार सोही ठाउँका ४० वर्षीय सुरेन्द्र कुमार बल,लालबन्दी (१४ बस्ने वर्ष ४१ को पासाङ पाख्रिन र रानीगंजका ४५ वर्षीय अटोचालक पुष्प बहादुर फुयाँललाई नियन्त्रणमा लिएको छ ।

अटोमा सवार सुरेन्द्र कुमार बलको साथबाट २५ हजार रुपैयाँ समेत बरामद भएको छ ।अटोसहित तीनैजनालाई नियन्त्रणमा लिएर अनुसंधान कार्य भरहेको प्रहरी प्रवक्ता कुवरले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);