हरेक जातजाती र भाषभाषीले आफ्नै भाषामा सूचना पाउनुपर्ने संचारमन्त्रीकाे जाेड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

हरेक जातजाती र भाषभाषीले आफ्नै भाषामा सूचना पाउनुपर्ने संचारमन्त्रीकाे जाेड

काठमाडाैं, ९ चैत । सूचना तथा संचारमन्त्री पार्वत गुरुङले हरेक जातजाती र भाषभाषीहरुले आफ्नै भाषामा सुचना पाउनुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सुचना आयोगले आयोजना गरेको विभिन्न भाषाका संचारकर्मीहरु संगको सुचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री गरुङले उत्तः कुरा बताएका हुन् ।

हिमाली तथा दुर्गमा बसोबास गर्ने कतिपय समुदायहरुले नेपाली भाषा बोल्न र बुझन नसक्ने भएकाले उनिहरुलाई आफ्नै भाषाबाट सुचना प्राप्त गर्न सक्ने गरी ब्यबस्थापन गरीनुपर्ने मन्त्री गुरुङको भनाई थियो ।

मन्त्री गुरुङले सुचनाको हकबाट कोहि पनि बन्चित हुननहुने भन्दै औपचारिकता मात्र नभई विभिन्न भाषाभाषी र जनजातीका ब्यक्तिहरुले सुचनाको हक प्राप्त गरेका छौ भन्ने अनुभुती हुने गरी काम गर्नूपर्ने बताए ।

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);