राष्ट्रपति भण्डारीको बंगलादेशी प्रधानमन्त्री हसिनासँग शिष्टाचार भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपति भण्डारीको बंगलादेशी प्रधानमन्त्री हसिनासँग शिष्टाचार भेट

काठमाडौं, ९ चैत । बंगलादेशको दुई दिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग बगंलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छिन्। सोमबार बंगलादेश गएकी राष्ट्रपति भण्डारीलाई बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा शिष्टाचार भेटवार्ता गरेकी हुन्।

त्यसैगरी बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीमा आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति भण्डारी सहभाही कार्यतालिका रहेको छ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत वरिष्ठ अधिकारी तथा सम्बन्धित मन्त्रालयका मन्त्रीसहित ५४ जना सहभागी छन् । परराष्ट्रमन्त्री ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र पारस्परिक सहयोग विषयमा छलफल भएको बताइएको छ ।

यसअघि विदेशमन्त्री डाक्टर मोमेनले राष्ट्रपति भण्डारीसँग छुुट्टै शिष्टाचार भेटवार्ता गरिसकेका छन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी दुई दिवसीय भ्रमणका लागि आज ढाका गएकी हुन् ।

राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता र द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुने कार्यक्रम पनि आजै रहेको छ । राष्ट्रपति भण्डारी यही चैत १० गते स्वदेश फर्किने छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);