राष्ट्रपति भण्डारीसँग भारतीय विदेश मन्त्री स्वराजकाे शिष्टाचार भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीसँग भारतीय विदेश मन्त्री स्वराजकाे शिष्टाचार भेट

काठमाडौँ, १९ माघ । । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश मन्त्री सुष्मा स्वराजले आज अपराह्न भेटवार्ता गरेकी छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा पुगेर सुष्माले शिष्टाचार भेट गरेकी हुन् ।

राष्ट्रपति र स्वराजबीचको भेटवार्तामा नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिलाविज्ञ डा मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीका थिए ।

यसैगरी भारतीय पक्षबाट भारतीय विदेश मन्त्री स्वराजको भ्रमण दलका सदस्यहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । स्वराजले यस अघि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड, राजपा र फोरम नेताहरुलाई समेत भेटेकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);