सुष्मा र प्रचण्डबीच 'वान टु वान' भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुष्मा र प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता

काठमाडौं, १९ माघ । नेपालको दुई दिने सद्भाव भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार राजनीति भेटघाटलाई तिब्रता दिएकी छन् ।

बिहीबार अपरान्ह काठमाडाैँ आएकी भारतीय विदेशमन्त्री स्वराजले शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरेकी छन् । अध्यक्ष दाहाल र भारतीय विदेशमन्त्री स्वराजबीच होटल सोल्टीमा झण्डै एकघण्टा वान टु वान भेटवार्ता भएको छ ।

भेटमा विशेष गरेर नेपालको राजनीतिक स्थिरता र विकासका बारेमा कुराकानी भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ले जानकारी दिए । उनले स्वराजले सरकार गठनको तयारी बारे जिज्ञासा राखेको बताए ।

भेटमा भारतीय विदेशमन्त्री स्वराजले राजनीतिक स्थिरता र विकासका लागि नेपाललाई भारतको सहयोग सधै कायम रहने प्रतिवद्धता जनाएकी छन् । भारतीय विदेश सचिव स्वराजले होटल सोल्टीमा संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसंग पनि भेट गरेकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);