आजको मौसम अनुमान | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

आजको मौसम अनुमान

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु सक्रिय रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर साधारणतया बादल लाग्ने र अधिकांश पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको भनाइ छ।

विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले चेतावनी दिएका छन्। भारी वर्षाका कारण नदीहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता विपद्को जोखिम रहने भएकाले सडक तथा हवाई यातायात, पर्यटन, कृषि र दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

Leave a Reply