सुष्मा स्वराजको स्वागतार्थ एमालेको रात्रीभोज, अाेलीसँग भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुष्मा स्वराजको स्वागतार्थ एमालेको रात्रीभोज, अाेलीसँग भेटवार्ता

काठमाडौं, १८ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणका लागि बिहिबार अपरान्ह काठमाण्डौं आएकी छन् । विदेशमन्त्री स्वराजको स्वागतार्थ नेकपा एमालेले बिहीबार नै रात्रीभोज आयोजना गरेको छ । रात्रीभोजमा एमाले अध्यक्ष केपी शर्मा ओली र स्वराजबीच भेटवार्ता हुनेछ ।

भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीलाई साथमा लिएर दुई दिने नेपाल भ्रमणका लागि आएकी स्वराजको विस्तृत नेपाल भ्रमणको तालिका भने सार्वजनिक गरिएको छैन ।

विशेष विमानबाट अपरान्ह काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिएकी भारतीय विदेशमन्त्री स्वराजले संचारकर्मीसंग आफ्नो भ्रमणको खास केही एजेण्डा नभएको संक्षिप्त प्रक्रिया दिएकी छन् । उनले सबैसंग भेटभाट गर्नका लागि नेपाल आएको बताएकी छन् ।

यसैगरी स्वराजले नेपाल बसाइका क्रममा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर काठमाडौं आएकी हुन् । स्वराजको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);