प्रदेश ६ : पहिलो प्रदेशसभा बैठक माघ २१ मा बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

प्रदेश ६ : पहिलो प्रदेशसभा बैठक माघ २१ मा बस्ने

सुर्खेत, १८ माघ । प्रदेश नम्बर ६ को प्रदेशसभाको बैठकका लागि सभाहलको रंगरोगन तथा मर्मत कार्य तीव्र पारिएको छ । प्रदेश नम्बर ६ का प्रमुख दुर्गा केशर खनालले प्रदेशको पहिलो बैठक आव्हान गरेसंगै सभा बस्ने हलको रंगरोगन तथा मर्मतको तयारी तीब्र पारिएको हो ।

बैठक बस्ने सुर्खेतको क्षेत्रिय सिचाइ डिभिजन कार्यालयको सभाहलमा रंग रोगनका साथै आवश्यक फर्निचरहरुको व्यवस्था गरिदै छ । सभाहलको पुर्वाधारको तयारी अन्तिम चरणमा रहेको र कार्य सुचि तयार गर्न दलहरुसंग छलफलको तयारी समेत पुरा भएको ६ नम्वर प्रदेशका संसद सचिवलायका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

संसद सचिवालय तथा स्थानिय प्रसासनले गरेको व्यवस्थापनमा भने प्रदेश सभाका जेष्ठ सदस्य हिमबहादुर शाहीले असन्तुष्टि जनाएका छन् ।

संसद सचिवालयले कार्यसुची तयार गर्न शुक्रबार सर्वदलिय छलफल गर्ने भएको छ । प्रदेश ६ को पहिलो प्रदेशसभा बैठक माघ २१ गते का लागि बोलाईएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुरानो क्षेत्रीय प्रशासनको कार्यालयमा राखिने भएको छ । पहिला क्षेत्रीय प्रशासक बस्ने कोठा नै मुख्यमन्त्रीका लागि तयार गरिँदै छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);