प्रदेश नम्बर ५ र ६ को पहिलो प्रदेशसभा बैठक आह्वानमा अलमल | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

प्रदेश नम्बर ५ र ६ को पहिलो प्रदेशसभा बैठक आह्वानमा अलमल

काठमाडाैं, १२ माघ । प्रदेश नम्बर ५ र ६ को पहिलो प्रदेशसभा बैठक आह्वानमा अलमल देखिएको छ । प्रदेश प्रमुखले पदभार सम्हालेको एक साता पुग्दा पनि यी दुई प्रदेशमा प्रदेशसभा बैठकको मिति नतोकिएको हो ।

प्रदेशको अन्तिम नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेसभाको पहिलो बैठक बसिसक्नु पर्ने संवैधानिक व्यवस्था छ । त्यसअनुसार माघ २७ गतेभित्र प्रदेशसभाको पहिलो बैठक बस्नैपर्छ । तर, कर्मचारी अभावका कारण खासगरी ६ नम्बर प्रदेशको प्रदेशसभा बैठक आहृवानमा अलमल देखिएको छ ।

प्रदेशसभा सदस्यले शपथ लिएको एक साता पुग्दासम्म प्रदेशसभा बैठक आह्वान गर्ने कुनै सुरसार नदेखिएको हो । सातमध्ये पाँच प्रदेशको पहिलो प्रदेशसभा बैठकको मिति तोकिएको छ । पाँच नम्बर प्रदेशको पनि बैठक आह्वान गर्ने तयारी भइरहेको प्रदेश प्रमुख उमाकान्त झाले बताए । उनका अनुसार माघ २३ गते भित्र प्रदेशसभा बैठक आह्वान गर्ने तयारी भइरहेको छ ।

यता, कर्मचारी अभाव, भौतिक संरचनाको अभावका कारण प्रदेश ६ मा कहिले प्रदेशसभा बैठक बस्ने भन्ने अन्योल कायमै छ । प्रदेशसभा सदस्यले सपथ लिएसँगै पटक–पटक भएका औपचारिक छलफल भए पनि प्रदेशसभा बैठकबारे निर्णय हुन नसकेको ६ नम्बर प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले बताए । संसद सचिवालयबाट प्रदेशसभाको लागि खटाइएका कर्मचारी नआइपुगेका कारण बैठक आह्वान गर्न नसकिएको उनको भनाइ छ ।

प्रदेशसभा वैठकबारे अन्योलताले प्रदेशका सभामुख, उपसभामुख, मुख्यमन्त्री निर्वाचनबारे समेत अलमल कायम छ । पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभामुख र उपसभामुखको निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।

तर प्रदेश कार्यालय भने अरु कर्मचारीलाई प्रशिक्षण दिने संघीय संसदमा काम गरेका कर्मचारीको पखाईमा छ । यता, संसद सचिवालयले भने प्रदेश नम्बर ६ को सचिवालयका लागि अर्थ समितिका सचिव कृष्ण खड्काको नेतृत्वमा ४ जना कर्मचारी खटाइसकेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);