सातवटै प्रदेशमा प्रदेश सभा बैठकको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सातवटै प्रदेशमा प्रदेश सभा बैठकको तयारी

काठमाडौं, १३ माघ । अधिकांश प्रदेशले प्रदेश सभा बैठकको मिति तोकिसकेका छन् । मिति तोकिसकेका र तोक्न बाँकी प्रदेशमा पनि पहिलो प्रदेशसभा बैठकको तयारी भइरहेको छ ।

कर्मचारी तथा भौतिक पूर्वाधारलगायतको अभावका बाबजुत प्रदेश प्रमुखहरु बैठकको तयारीमा लागेका हुन् । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक जिल्ला समन्वय समिति मोरङको सभाहलमा बस्ने भएको छ । त्यसैले सभाहल मर्मत कार्यलाई तीव्र पारिएको छ । सभाहलका पुराना कुर्सी हटाईएको छ ।

जुनसुकै बेलापनि प्रदेशसभाको बैठक बोलाउन सक्ने भन्दै तयारीका लागि निर्देशन आएकाले रंगरोगन, वायरिङ लगायत काम गरि सभाहललाई दुरुस्त राख्ने काम भईरहेको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए ।

प्रदेशको अन्तिम नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेश भाको पहिलो बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअनुसार माघ २७ गतेभित्र प्रदेशसभाको पहिलो बैठक बसिसक्नु पर्नेछ । त्यसैले पनि प्रदेश प्रमुखहरुले प्रदेश सभा बैठकको तयारीलाई तीव्र पारेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);