डिल्लीबजार कारागारबाट भागेका 'टिके' लाई प्रहरीले गोली हान्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डिल्लीबजार कारागारबाट भागेका ‘टिके’ लाई प्रहरीले गोली हान्याे

काठमाडौं, १३ माघ । डिल्लीबजार कारागारबाट भागेका चोरीका आरोपी टिके भनेर चिनिने टीकाबहादुर थापालाई प्रहरीले गोली हानेको छ । गोली लागेर उनी गम्भीर घाइते भएका छन् ।

कारगारबाट भागेका टिकेलाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साइ पेट्रोल पम्प अगाडि शनिबार साँझ सबा पाँचमा जाँच गर्ने क्रममा टिकेले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको बताएको छ । उनको तिघ्रा र हातमा गोली लागेको छ ।

उनी यही माघ ४ गते राति डिल्लीबजार कारागारबाट भागेपछि महानगरीय अपराध महाशाखाको टोलीले खोजिरहेको थियो । काठमाडौंमा चोरी, लुटपाट र डकैती सम्बन्धी घटनामा टिके बारम्बार पक्राउ पर्ने गरेका थिए ।  उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनकाे स्थायी ङर रामेछापकाे  दोरम्बामा पर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);