लन्डन ब्रिजमा चक्कु प्रहार गर्ने व्यक्ति आतंकवादी मुद्दामा दोषी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लन्डन ब्रिजमा चक्कु प्रहार गर्ने व्यक्ति आतंकवादी मुद्दामा दोषी

London-Bridge-knife attack

एजेन्सी, १४ मंसिर । बेलायतको राजधानीको केन्द्रमा अवस्थित लन्डन ब्रिजमा शुक्रवार चक्कु प्रहार गर्ने व्यक्ति आतंकवादसँग सम्बन्धित अपराधमा दोषी प्रमाणित भएर कारागार बसेको पुष्टि भएको छ ।

वेलायत प्रहरीले २८ वर्षीय ती आक्रमणकारीको नाम उस्मान खान भएको र उनी आतंकवादसँग सम्बन्धित अपराधमा दोषी प्रमाणित भएर कारागार कारागारबाट ससर्त बाहिर आएको पुष्टि गरेको संचार माध्यमहरुले जनाएका छन् ।

प्रहरीका अनुसार खान सन् २०१२ मा आतंकवादीसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए । मेट पुलिसका आयुक्त नील बसुले प्रकाशित गरेको विज्ञप्तिमा खान गत वर्ष डिसेम्बरमा शसर्त कारागारबाट बाहिर आएको र अहिले उनले किन यस्तो आक्रमण गरे भन्नेबारे छानबिन गरिने उल्लेख छ ।

शुक्रवार लन्डन ब्रिजमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । प्रहरीले गोली प्रहार गर्दा ती सन्दिग्ध व्यक्तिको पनि मृत्यु भएको थियो ।

लन्डन ब्रिजमा चक्कु प्रहार भइरहेको देखेपछि सर्वसाधारणहरूले उनलाई नियन्त्रणमा लिएका थिए । पछि प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);