लण्डन ब्रिजमा छुरा प्रहार गरि दुई जनाको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लण्डन ब्रिजमा छुरा प्रहार गरि दुई जनाको हत्या

London-Bridge-knife attack

एजेन्सी,  १४ मंसिर । बेलायतको राजधानी लण्डनको केन्द्रस्थित लण्डन ब्रिजमा छुरा प्रहार गरि दुई जनाको हत्या गरिएको छ । अपरिचित व्यक्तिले अन्धाधुन्ध रुपमा छुरा प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो ।

चक्कु आक्रमणबाट गम्भीर घाइते भएका तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेका स्थानीय प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् । मारिने व्यक्तिको पहिचान खुल्न नसकेको बताइएको छ ।

प्रहरीले आक्रमणमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएका दुई जनाबाट बिस्फोटक पदार्थहरु बरामद गरेको दावी गरेका छन् । एउटा सभालाई लक्षित गरेर आक्रमणको प्रयास भएपनि धेरै मानवीय क्षति हुन नदिएको प्रहरीको भनाई छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रहरीलाई अनुसन्धानमा सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । आक्रमणमा ज्यान गुमाएका तथा घाइते भएकाहरुप्रति प्रधानमन्त्री जोन्सनले समावेदना तथा शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);