अन्तराष्ट्रिय संगठन आइएस आइएसको आखडा बन्दै युरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एजेन्सी, ३१ भदौ । अन्तराष्ट्रिय आतंकवादी संगठन आइएस आइएस विस्तारै इराक लगाएतका अन्य मुसलमान मुलुकबाट विस्थापित हुदै जाँदा युरोपियन लगाएतका देशलाई खतरा बढेको छ । इराक, सिरियामा रहेका उनीहरुको अखडा ध्वस्त बनाइएको छ । अब उनीहरुको नजर पाकिस्तान र अफगानिस्तानको सिमानामा रहेको छ भने युरोपीयन मुलुक पनि उनीहरुको तारो बनको छ ।

युरोपियन मुलुकमा पछिल्लो वर्षभन्दा यो वर्ष निकै आइएस आइएसले निकै दबाएर हमला गरेको देखिन्छ ।

१७ अगष्ट बार्सिलोना
स्पेनको बार्सिलोना हमलाको जिम्मा उनीहरुले नै लिएका छन् । जुन घटनामा गाडीको ठक्करबाट १७ को मृत्यु भएको थियो भने १५२ जना सर्वसाधरण घाइते भएका थिए ।

पेरिसमा सैनिक हमला
९ अगष्टमा फ्रान्सको राजधानी पेरिसमा एक सैनिक समुह माथि गाडि चढाइएको थियो जसका कारण ६ जना सैनिक घाइते भएका थिए । सो गाडिका चालक आतंकवाद समुहको सदस्य भएको पुष्टि भएको भईसकेको छ।

हेम्बर्गमा चाकु प्रहार
जर्मनीको दोस्रो ठुलो शहर हेम्बर्गको एक सुपरमार्केटमा चाकु प्रहार गर्ने व्यक्ति आतंकवाद समुहकै रहेको दाबी गरेको छ । सो घटनामा १ मृत्यु र ६ जना घाइते भएका थिए ।

लण्डन ब्रिजमा ८ जनाको मृत्यु
३ जूनमा ब्रिटेनको लण्डन ब्रिजमा जथाभावी पैदल यात्री माथि गाडी चडाएर एक सुपरमार्केटमा ८ जनालाई चाकु प्रहार गरि हत्या गरेका थिए । सो घटनामा ४८ जना घाईते भएका थिए।

म्यानचेस्टरमा २२ जनाको मृत्यु
२२ मे मा म्यानचेस्टरको स्टेडियममा कन्सर्ट भइरहेको बेलामा आत्मघाती बम बिस्फोटन गराएर २२ जना मारिएका थिए भने १२० जना घायल भएका थिए ।

सेंट पीटर्सबर्गमा मेट्रो रेलमा बम बिस्फोट
३ अप्रिलमा रुसको पिटर्सबर्गमा आत्माघाती बम बिस्फोटन हुँदा १५ जना मारिएका थिए भने ८७ जना घाइते भएका थिए ।

स्टकहोममा ट्रक हमला
७ अप्रिलमा स्वीडेनको स्टक होममा ट्रक हाइज्याक गरेर सुपरमार्केट भित्र आतंकवाद समुहले हमला गर्दा ५ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए ।

वेस्टमिनिस्टर ब्रिजमा कार हमला
वेस्टमिनिस्टर ब्रिजमा एक आतकंवादीले पैदल यात्रीहरुमाथि कार चढाएको थियने जसको कारण ५ जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए ।
स्रोतः आजका तक

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);