उपाय नचलेपछि अमेरिकाले भन्यो - उत्तर कोरियालाई मनाउने जिम्मा रुस र चीनको | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वासिंटन, ३१ भदौ । विश्वका शक्ति राष्ट्रहरुको चेतावनीका बाबजुद लगातार परमाणु कार्यक्रमलाई अघि बढाउँदै आएको उत्तर कोरियालाई रोक्न रुस र चीनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अमेरिकाले जनाएको छ।

उत्तर कोरियासँग राम्रो सम्बन्ध रहेका कारण रुस र चीनले मनाउन सक्ने अमेरिकाको विश्वास छ। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियालाई नियन्त्रणमा ल्याउने मुख्य जिम्मेवारी रुस र चीनको रहेको प्रष्ट पारेका हुन्। यसअघि अमेरिकाले उत्तर कोरियाको भड्काउपूर्ण गतिविधि जारी रहे सैन्य हमलाको विकल्पसमेत रहेको बताउँदै आएको थियो।

रुसले अमेरिकाको बोली र व्यवहारले तनाव बढाएको भन्दै संयम रहन सुझाव दिएको छ भने चीनले अमेरिका आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको आरोप लगाएको छ। रुस र चीन दुबैले उत्तर कोरियालाई पनि परमाणु कार्यक्रम अघि नबढाउन सुझाव दिएका छन्। यद्यपि उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्न लगाउने गरी दुबै मुलुकले आफूलाई अघि सारेका भने छैनन्। एजेन्सी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);