चीनद्वारा उत्तर कोरियालाई क्षेप्यास्त्र परिक्षण रोक्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साउन २२ , काठमाण्डौँ । चीनले उत्तर कोरियालाई क्षेप्यास्त्र परिक्षण र परमाणु कार्यक्रम रोक्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउन सहमति भएलगत्तै चीनले यस्तो आग्रह गरेको हो । चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरियाली समकक्षी री योङ–होसँग फिलिपिन्समा भएको भेटमा राष्ट्रसंघीय प्रस्तावनाको पालना गर्न आग्रह गर्नुभएको हो । उत्तर कोरियाविरुद्धको नाकाबन्दी आवश्यक भएपनि त्यो नै समस्याको अन्तिम समाधान नभएको चीनको ठहर छ । चीनले तनाव बढाउने क्रियाकलाप बन्द गर्न अमेरिका र दक्षिण कोरयालाई पनि आग्रह गरेको छ । अन्तर्रा्ष्ट्रिय प्रतिबन्धका बाबजुद क्षेप्यास्त्र परीक्षण गरेको भन्दै राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाको निर्यात र लगानी सिमित बनाउने प्रस्ताव सर्वसम्मतीले पारित गरेको बीबीसीले उल्लेख गरेको छ ।

सहमतिमा उत्तर कोरियाका कामदारलाई अन्य मुलुकमा स्वीकार नगर्ने, थप केही व्यक्तिलाई भ्रमणमा रोक लगाउनुका साथै सम्पत्ति रोक्का गरिने, उत्तर कोरियाली नागरिकसँग संयुक्त व्यवसाय नगर्ने लगायत प्रावधान उल्लेख छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);