उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमलाई जारी राखेको राष्ट्रसंघको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमलाई जारी राखेको राष्ट्रसंघको दाबी

एजेन्सी, १९ साउन । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई जारी राखेको दाबी गरेको छ । राष्ट्रसंघीय प्रतिबन्ध कार्यान्वयनको अनुगमन गर्दै आएका विज्ञहरूले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदलाई बुझाएको गोप्य अध्ययन प्रतिवेदनमा उत्तर कोरियाले राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको दाबी गरिएको छ ।

संयुक्त राष्ट्रसंघले राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै उत्तर कोरियाले आफ्नो पारमाणविक तथा क्षेप्यास्त्र परिक्षण कार्य जारी राखेको दाबी गरेको छ । राष्ट्रसंघीय प्रतिबन्ध कार्यान्वयनको अनुगमन गर्दै आएका विज्ञहरूले तयार पारेको प्रतिवेदनमा प्योङयाङले पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिनुका साथै जहाजबाट गैरकानूनी रूपमा पेट्रोलियम पदार्थको ओसारपसारलाई व्यापक रूपमा बढाएको दाबी गरिएको छ ।

उत्तर कोरियाले विदेशमा अस्त्र बेच्ने प्रयास गरिरहेको समेत प्रतिवेदनमा उल्लेख छ । विज्ञ समुहले उक्त प्रतिवेदन शुक्रबार नै सुरक्षा परिषदालाई बुझाएका थिए । तर, उत्तर कोरियाले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

गत हप्ता अमेरिकी गुप्तचर अधिकारीहरुले पनि अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनसँगको ‘न्यानो सम्बन्ध’ विपरीत उत्तर कोरियाले नयाँ ब्यालिस्टिक क्षेप्यास्त्रको विकास गरिरहेको दाबी गरेका थिए । उनीहरूले यसअघि ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गरिएको स्थानमै त्यस्तो गतिविधि जारी राखेको जासुसी भूउपग्रहबाट थाहा भएको दाबी गरेका छन् ।

गत जुनमा सिंगापुरमा गरिएको ऐतिहासिक भेटवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्न मिलेर काम गर्ने सहमति भएको थियो । त्यसपछि ट्रम्पले उत्तर कोरियाबाट ’अब पारमाणविक खतरा नरहेको’ प्रतिक्रिया दिएका थिए ।

तर, प्योङयाङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम रोक्ने विषयमा कुनै ठोस प्रतिबद्धता विना सहमति गरेको भन्दै गत महिना उत्तर कोरियाली नेतासँगको भेटवार्तापछि ट्रम्पको आलोचना भएको थियो ।

त्यसो त ट्रमसँगको बार्ता पछि उत्तर कोरियाले क्षेप्यास्त्र परिक्षण स्थल नष्ट गर्न पनि सुरु गरेको थियो । तर, पछिल्लो समाचारले उत्तरप्रतिको विश्वसनियतामा शंका पैदा गरेको छ ।

पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरूलाई लिएर प्योङयाङले अहिले कैयौँ अन्तर्राष्ट्रिय तथा अमेरिकी प्रतिबन्ध झेलिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);