रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा १८को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा १८को मृत्यु

एजेन्सी, १९ साउन । रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । रुसी आपतकालिन मन्त्रालयका अनुसार एमआई–८ हेलिकप्टर स्थानीय समय अनुसार बिहान १० बजेर २० मिनेटमा साइबेरियाको उत्तर पश्चिमी क्रासोनास्क क्षेत्रमा दुर्घटना भएको हो ।

इगार्खा शहरभन्दा १ सय ८० किलोमिटर टाढाको दुरीमा भएको दुर्घटनामा १५ यात्रु र ३ चालकदलका सदस्य गरी सबै १८ जनाको मृत्यु भएको जनाईको छ । दुर्घटनाग्रस्त हेलिकप्टरले एक आयल स्टेशनको कामदारहरु बोकेको थियो ।

दुर्घटनाको बारेमा छानबिन भइरहेको छ । हेलिकोप्टर उडेर दुई किलोमिटर दूरी पार गरेपछि दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);