भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोमाथि ड्रोन आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोमाथि ड्रोन आक्रमण

एजेन्सी, २० साउन ।  सार्वजनिक समारोहमा भाषण गरिरहेका बेला भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोमाथि ड्रोन आक्रमण भएको छ ।

राष्ट्रपति मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको तर, उनि भाग्यबस बाँच्न सफल भएका छन् । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु भने विष्फोटमा परि घाइते भएका छन् । भेनेजुएला सरकारले राष्ट्रपति मदुरोको हत्या गर्ने उद्देश्यले ड्रोन आक्रमण गराइएको जनाएको छ । राजधानी कराकासस्थित एक कार्यक्रमलाई राष्ट्रपति निकोलसले सम्बोधन गरिरहेको बेला ड्रोन बिस्फोट भएको थियो । उक्त कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियो ।

ड्रोन हमला भएपछि सुरक्षाकर्मीहरुले राष्ट्रपतिलाई घेरा हालेर सुरक्षित स्थानमा लगेका थिए । भेनेजुयलाका सञ्चारमन्त्री जर्ज रोड्रिग्जसले राष्ट्रपतिको हत्या प्रयास गर्नेको छानबिन सुरु भएको र दोषीमाथि कारबाही हुने बताएका छन् । ड्रोन हमला कस्ले र किन गर्यो भन्ने खुल्न सकेको छैन । राष्ट्रपति मदुरो भेनेजुएलामा अत्यन्तै लोकप्रिय नेताका रुपमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);