रुसी ड्रोन हमलाले युक्रेनको ओडेसा सहर अन्धकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

रुसी ड्रोन हमलाले युक्रेनको ओडेसा सहर अन्धकार

एजेन्सी, २५ मंसिर । रुसले सुरु गरेको ‘कामिकाजे ड्रोन’ आक्रमणपछि दक्षिणी युक्रेनी सहर ओडेसामा बिजुलीविहीन भएको छ ।

उपप्रमुख किरिलो टिमोशेन्कोले आक्रमणपछि ओडेसा अन्धकार भएको बताएका छन् । ‘अहिलेसम्म सहर बिजुलीविहीन छ’, राष्ट्रपति प्रशासनका उपप्रमुख किरिलो टिमोशेन्कोले भने ।

‘अस्पताल र प्रसूति वार्डलगायतका महत्वपूर्ण पूर्वाधारहरूमा मात्र बिजुलीको पहुँच थियो । ‘स्थिति कठिन तर नियन्त्रणमा छ’, टिमोसेन्कोले भने ।

फेब्रुवरी २४ मा राष्ट्रपति भ्लादिमिर पुटिनले सेना पठाउनुअघि ओडेसाको ब्ल्याक सी बन्दरगाह धेरै युक्रेनी र रुसीहरूका लागि छुट्टी मनाउने गन्तव्य थियो ।

ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम मार्चेन्कोले रुसले रातारात सहरमा ‘कामिकाजे ड्रोन’मार्फत आक्रमण गरेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);