खार्किवमा रुसले गर्यो ड्रोन आक्रमण, एकै परिवारका पाँच जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

खार्किवमा रुसले गर्यो ड्रोन आक्रमण, एकै परिवारका पाँच जनाको मृत्यु

रोयटर्स,२८ माघ । दुई देशबीच जारी युद्धको बीचमा रुसले एकपटक युक्रेनी भूभागलाई निशाना बनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसले खार्किभमा ड्रोन आक्रमण गरेको छ । यस आक्रमणमा पाँच जनाको मृत्यु भएको छ ।

युक्रेनी अधिकारीहरुले रुसले शनिबार ड्रोनबाट आक्रमण गरेको बताएका छन् । यस हमलामा एक युक्रेनी अभियोजक, एक बुबा र तिनका तीन छोराछोरीले ज्यान गुमाए। यसबाहेक रुसी आक्रमणमा धेरै मानिस घाइते भएका छन् । राष्ट्रिय प्रहरीको अनुसन्धान विभागका प्रमुख सेर्ही बोल्भिनोभले मारिएका सबै कोटेलनिया स्ट्रिटमा बस्ने बताए ।

मेयर इहोर तेरेखोभले भने कि अर्को रूसी आक्रमणमा एक वृद्ध दम्पतीको मृत्यु भएको छ र ६७ जना घाइते भएका छन्। यस हमलामा झण्डै १५ घर पनि ध्वस्त भएको उनले बताए । यसैबीच मेयर इहोर तेरेखोभले आइतबार शोक दिनको आह्वान गरेका छन् ।

यसैबीच राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको निन्दा गरेका छन् । उनले भिडियो सन्देश जारी गर्दै रुसी आतंककारीले गरेको आक्रमणको जवाफ दिने बताए । उनले इतिहासमा यस्ता हत्याका दोषीलाई कारबाही नभएको बताए । ओडेसा क्षेत्रका गभर्नर ओलेह किपरले ड्रोन आक्रमणमा चार जना घाइते भएको र केही पूर्वाधारमा क्षति पुगेको बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);