युक्रेनी मिसाइल हमलामा २ सय रुसी सेना मारिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

युक्रेनी मिसाइल हमलामा २ सय रुसी सेना मारिए

मस्को। रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ । उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।

युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);