युक्रेनले गोली चलाउँदा दुई सर्वसाधारणको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

युक्रेनले गोली चलाउँदा दुई सर्वसाधारणको मृत्यु

एजेन्सी,१७ वैशाख । युक्रेनी गोलाबारीमा शनिबार साँझ रुसी क्षेत्र ब्रायनस्कमा दुई सर्वसाधारणको मृत्यु भएको छ । शनिबार साँझ रुसको ब्रायान्स्क क्षेत्रको एउटा गाउँमा युक्रेनी गोलाबारीका कारण दुई सर्वसाधारणको मृत्यु भएको स्थानीय गभर्नरले बताए । प्रारम्भिक जानकारीका अनुसार युक्रेनी आक्रमणमा एक आवासीय भवन पूर्ण रूपमा ध्वस्त भएको छ र दुईवटा घरमा आंशिक क्षति पुगेको छ ।

यद्यपि, युक्रेनले रुस भित्र र रुसी नियन्त्रित क्षेत्रमा भएको आक्रमणको सार्वजनिक रूपमा जिम्मेवारी लिएको छैन । रुस–युक्रेन युद्ध सुरु भएको १४ महिनाभन्दा बढी समय बितिसक्दा पनि युद्ध जारी छ ।

यसअघि रुसले शुक्रबार बिहानै युक्रेनका धेरै सहरमा मिसाइल आक्रमण गरेको थियो । यी आक्रमणमा २५ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । पछिल्लो दुई महिनामा युक्रेनी सहरहरूमा रुसले गरेको यो सबैभन्दा ठूलो हमला हो।

यस आक्रमणपछि युक्रेनले जवाफी हमलाको तयारी लगभग पूरा भएको बताएको छ । यो हमलापछि युक्रेनले छिट्टै जवाफ दिने बताएको थियो । उनले आक्रमणमा रुसी सेनालाई धकेलेर आफ्नो हराएको भूमि फिर्ता गर्ने बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);