रुस युक्रेनबीच जारी सामरिक युद्धको असर विश्व अर्थतन्त्रमा पनि देखिन थाल्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

रुस युक्रेनबीच जारी सामरिक युद्धको असर विश्व अर्थतन्त्रमा पनि देखिन थाल्यो

रुस युक्रेनबीच जारी सामरिक युद्धको असर विश्व अर्थतन्त्रमा पनि देखिन थाल्यो, नेपाल जस्तो आयातमा निर्भर देसका लागि बजार आपुर्ती र महंगी नियन्त्रण थप चुनौतीपुर्ण हुने

एक महिनादेखि रुस र युक्रेनबीच जारी युद्ध चाडै अन्त्य हुने देखिएको छैन। युद्ध रुस र युक्रेन दुई देसबीच भइरहेको छ, तर यसको असर विश्वभर परेको छ। संसारकै ठूला निर्यातकर्ता मुलुकहरुमा पर्ने युक्रेन र रुसबाट निर्यात रोकिए पछि अहिले विश्वभर महंगी बढेको छ। इन्धनको आपुर्ती हुन नसक्दा युरोपेली देस हुदै छिमेकी भारतमा समेत उर्जामा अत्याधिक मुल्यवृद्धि भएको छ। र त्यसको अवर नेपालमा समेत देखिएको छ। त्यसैले रुस र युक्रेनबीचको युद्ध जति लम्बिन्छ विश्वभर त्यति आर्थिक क्षती हुने देखिएको छ।

२४ मार्च अर्थात यहि चैत्र १० गते रुस र युक्रेनबीच युद्ध सुरु भएको एक महिना पुग्यो। यो एक महिनामा एक करोड भन्दा बढि युक्रेनी जनता विस्थापीत भएका छन। जस मध्ये ४० लाख भन्दा बढि युक्रेनीहरुले देस नै छोडेका छन। विस्थापितमध्ये अधिकांश युक्रेनी छिमेकी देश पुगेका छन। बाकि विस्थापीत लाखौ युक्रेनी आफ्नै देसभित्र बिजुली, ग्यास र पानी जस्ता आधारभुत आवश्यक्तको अभावमा बाँच्न बाध्य छन। केही दिनय अघि रुसी सेनाले युक्रेनको बन्दरगाह सहर मरिउपोलमाथि नियन्त्रण कायम गर्न थालेपछि त्यस क्षेत्रबाट भइरहेको आपुर्ती प्रभावित हुदा युक्रेनी नागरिकले चरम खाद्य संकटको समेत सामाना गरिरहेका छन।

एक महिना देखि जारी उक्त युद्ध तत्काल रोकिने सम्भावना देखिदैन। अहिले रुसी सेनाले युक्रेनका विभिन्न सहरहरु चारैतिरबाट घेरिरहेको छ। त्यसको प्रतिवादमा युक्रेनी सेना जब्बर भएर अडिग छ। यो युद्धले विभिन्न सहर तथा आवासीय भवनरू ध्वस्त भएका छन। यस्तो विध्वंस रुपी युद्ध चाडै अन्त्य होस भन्ने विश्वका अधिकांश जनताको चाहाना छ। तर भर्खरै मात्र रुसले युक्रेनले आफ्नो देसमाथि परमाणु अस्त्र प्रहार गर्ने तयारी गरिरहेको प्रतिक्रिया दिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनले आफ्नो देसमाथि परमाणु अस्त्र प्रयोग गर्ने सम्भावना छ भनेका छन।

रूस विरूद्धको युद्धमा युक्रेनलाई सहयोग गर्न अमेरीकाले स्लोभाकिया, रोमानिया, बुल्गेरिया र हंगेरीमा थप फौज राख्न नेटो सदस्य राष्ट्रका नेताहरु लाई सहमत गराएकोछ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पशिचमाहरुसँग सैन्य सहयोगका लागि आग्रह गरेको केहि दिन पछि विहिबार बेल्जियमको राजधानी ब्रसेल्समा बसेका नेटो सदस्य राष्ट्रहरुको बैठकले पूर्वी युरोपमा सैन्यशक्ति बढाऊने सहमित गरे पछि रुस युक्रेनबीचको युद्ध थप विध्वंसात्मक हुने देखिएको छ। एक महिना सम्म जारी युद्ध आक्रमणको चपेटामा परेका युक्रेनी जनता रक्तपातपूर्ण द्वन्द्व को विरुद्धमा उभिए पनि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की भने थप सैन्य सहयोग जुटाइरहेका छन।

रुस युक्रेनबीच जारी युद्धको आर्थिक प्रभाव विश्वभरि देखिएको छ। नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरु झनै बढि प्रभावित छन्। करिब तीन बर्ष देखि कोरोनाले थलिएको अर्थतन्त्र रुस युक्रेन युद्धका कारण थप जरजर बनेको छ। अहिले विश्वभर अधिकांश वस्तुको मूल्यवृद्धि भइरहेको छ। यो सबैका लागि चिन्ताजनक विषय हो। प्राकृतिक ग्यासका लागि रुसमा अत्यधिक निर्भर भएको युरोपमा ग्यास आपुर्ती नभए पछि ऊर्जामा अत्याधिक मुल्यवृद्धि भएको छ। र छिमेकी देस भारतमा समेत यस्तो संकट देखिएको छ। विहिवार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि यसको संकेत गरेका छन। र भारतबाट प्रति युुनिट ३८ रुपयाको दरले विद्युत किनेर नेपालमा उद्योग सञ्चालन गर्ने अबस्था रहेको अवगत गराएका छन। रुस युक्रेन युद्धकै कारण इन्धनमा भारी मुल्यवृद्धि हुदा नेपालमा हरेक वस्तुको मुल्य वृद्धि भएको छ। र मुल्यवृद्धि हुनेक्रम थप चुनौतीपुर्ण बन्ने देखिएको छ।

दोस्रो विश्व युद्धमा युद्धरत देसहरुले मात्रै ठूलो नोक्सानी भोगेका थिए। त्यो वेला सम्म आर्थिक हिसावले ग्लवलाइजेसन भएको थिएन। तर अहिले संसारभरका देसहरु एकअर्का प्रति केहि न केहि वस्तुमा परनिर्भर छन। त्यसमा पनि युक्रेन र रुस दुबै राष्ट्र विश्वकै ठूला आपुर्ती कर्ता राष्ट्रमा पर्छन। जसको अहिले प्रत्यक्ष असर देखिन थालेको छ। त्यसैले रुस युक्रेनबीच जारी समारिक युद्धको असर विश्व अर्थतन्त्रमा समेत परेको छ। युद्ध रुस युक्रेन दुई देसबीच भइरहेको भए पनि यसको आर्थिक त्रासदी विश्वव्यापी रूपमै देखिएको छ।

परिणम स्वरुप विश्वका विभिन्न देसमा खाद्य वस्ुतमा मूल्य वृद्धि मात्रै भएको छैन खाद्य अभाव समेत हुन थालेको छ। यो युद्धको फाइदा उठाउदै केहि पश्चिमा राष्ट्रहरुले भरपुर मात्रामा युद्ध व्यापार नगरेका होइनन् तर नेपाल जस्तो आयातमा निर्भर देसका लागि रुस युक्रेन युद्ध जति लम्बिन्छ बजार आपुर्ती र महंगी नियन्त्रण त्यति नै चुनौतीपुर्ण हुनेछ। र कमजोर अर्थतन्त्र भएका हाम्रो जस्तो देसमा थप आर्थिक क्षति हुनेछ।

Leave a Reply

ताजा समाचार