रुसले गर्यो युक्रेनको खार्किभमा फेरि मिसाइल आक्रमण, २१ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

रुसले गर्यो युक्रेनको खार्किभमा फेरि मिसाइल आक्रमण, २१ जना घाइते

एजेन्सी,१५ पुस । मध्य खार्किभमा शनिबार दुईवटा रुसी मिसाइल आक्रमणमा परी कम्तीमा २१ जना घाइते भएका युक्रेनी अधिकारीहरूले बताएका छन् । खार्किभका क्षेत्रीय प्रमुख अभियोजकले घाइते हुनेमा १४ र १६ वर्षका दुई बालक र जर्मन पत्रकारहरूको टोलीका सुरक्षा सल्लाहकार रहेको बताए ।

क्षेप्यास्त्र रुसको बेलगोरोडको दिशाबाट आएको उनले बताए । रुसी अधिकारीहरूले केही घण्टाअघि प्रान्तीय राजधानी बेलगोरोडमा युक्रेनी आक्रमणमा २० व्यक्तिको मृत्यु भएको र १११ जना घाइते भएको बताएका छन्। क्षेप्यास्त्र आक्रमण रुसले युद्धको सबैभन्दा ठूलो हवाई आक्रमण गरेको एक दिन पछि भएको हो, जसमा युक्रेनी अधिकारीहरूले देश भर ज्ञछड मिसाइल र ड्रोन हमलाहरूमा कम्तिमा द्धण् सर्वसाधारण मारिएका र ज्ञछढ घाइते भएको बताएका छन्।

खार्किभका क्षेत्रीय प्रहरी प्रमुख भोलोडिमिर टिमोसेन्कोले प्रारम्भिक प्रमाणले रुसले खार्किभमा आक्रमण गर्न सतहदेखि सतहमा मार हान्न सक्ने हतियारको रूपमा एस–३०० मिसाइल प्रयोग गरेको देखाएको बताए। एउटा क्षेप्यास्त्र खार्किभ प्यालेस होटलमा र अर्को मध्य खार्किभको आवासीय भवनमा प्रहार भएको थियो। टिमोसेन्कोले अन्य तीनले औद्योगिक क्षेत्रलाई निशाना बनाए पनि कुनै क्षति नभएको बताए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);