गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै,देशभर सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै,देशभर सार्वजनिक बिदा

काठमाडौं,१५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।

गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको बताईएको छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने गरिएको जनविश्वास छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात क्रमशः घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइएको छ । यसैबीच सरकारले आज सार्वजनिक विदा दिएको छ । पर्वका अवसरमा देशैभरि सार्वजनिक विदा दिइएको गृहमन्त्रालयले जनाएको छ । ‘तमु ल्होसार’का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका प्रमुखले शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);