गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

Tamu Losar Festival in Nepal

काठमाडौँ, पुस १५ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छ । यसै पर्वका अवसरमा काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम गरिंदै छ।

तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाउने गरिन्छ । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको छ ।

तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यसवर्ष शनिबार नै यो पर्व परेको छ । ल्होसारका अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिंदै छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख दलका शीर्ष नेताको सहभागिता रहने आयोजकले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);