सिकारुले चलाएको गाडीको ठक्करबाट एकको मृत्यु पाँच घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

सिकारुले चलाएको गाडीको ठक्करबाट एकको मृत्यु पाँच घाइते

बारा, १४ पुस । सिकारुले चलाएको गाडीको ठक्करबाट बाराको कलैया उपमहानगरपालिका–१०, मटिअर्वामा आज दिउँसो विद्यालयपरिसरमै एकजना विद्यार्थीको मृत्यु भएको छ ।

गाडीको ठक्करबाट अन्य पाँच विद्यार्थी भने घाइते भएका छन् । गाडीको ठक्करबाट १० वर्षीय सुरज साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

श्री नेपाल राष्ट्रिय उच्च मावि परिसरमा जे.एच.०९.वि. ३७०८ नम्बरको भारतीय बोलेरो जिप सिकारुले चलाउने क्रममा अनियन्त्रित भई विद्यार्थीलाई ठक्कर दिएको थियो ।

घाइतेको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। जिप चलाउने सिकारु चालक, जिप र गाडीधनीलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ।

उता, झापाको पाडाजुँगी–गौरादह सडकखण्डमा आज दिउँसो ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ का २८ वर्षीय भानु थापाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);