टेलिफोन सुबिधा पाएनन् कैलालीका वासिन्दा | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

टेलिफोन सुबिधा पाएनन् कैलालीका वासिन्दा

telephone

काठमाडौं, १४ पुस । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २, सिरानगरका बासिन्दाले अहिलेसम्म आफ्नै घरमा बसेर फोन गर्ने सुविधा पाएका छैनन् । फोन गर्नका लागि उनीहरू दुई किलोमिटर टाढा रहेको सुखड बजार पुग्न बाध्य छन् ।

नेपाल टेलिकम र एनसेलको टावर नहुँदा फोन गर्न र इन्टरनेट चलाउनका लागि सिरानगरबासी डाँडा र बजार क्षेत्रतिर जानुपर्ने अवस्था आएको हो ।

फोन नहुँदा काम परेका बेला आफन्त र छिमेकीलाई बोलाउन घर–घरै पुग्नुपर्ने अवस्था छ । विभिन्न कामले कैलालीको चितलपुर र तारानगर पुग्ने सामाजिक कार्यकर्ताले पनि टेलिफोनको समस्या झेल्ने गरेका छन् ।

घोडाघोडी नगरपालिकाले भने नेपाल टेलिकमसँग चाँडै सहकार्य गरी सिरानगरमा टावर निर्माण गरिने जनाएको छ ।

सिरानगर र चितलपुरका करिब २ हजार घर–परिवारका टेलिफोन सेवाबाट वञ्चित छन् । फोन र इन्टरनेटको पहुंचबाट टाढा हुँदा यहाँका बासिन्दा भनेको समयमा विदेशमा रहेका आफन्तसँग पनि कुरा गर्न पाउँदैनन् ।
पाण्डव पुजारा, कैलाली

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);