टेलिकमकाे टावर सञ्चालनमा आएपछि महोत्तरीको उत्तरी क्षेत्रमा खुसियाली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

टेलिकमकाे टावर सञ्चालनमा आएपछि महोत्तरीको उत्तरी क्षेत्रमा खुसियाली

महोत्तरी । महोत्तरीको उत्तरी क्षेत्र बर्दिबास नगरपालिका-१० र ११ का सर्वसाधारणले आफन्तसँग टेलिफाेनमा कुराकानी गर्न  बजार धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । महोत्तरीकै अग्लो ठाउँ चनौटेमा नेपाल टेलिकमको नेटवर्कको टावर सञ्चालनमा आएपछि संचारका लागि झन्झट भाेगिरहेका यहाँका स्थानीयलाई राहत भएकाे हाे ।

यसअघि खयरमारा, लक्ष्मी भाङग्रे, झ्याउरे, पिपलदमा, गोर्दी खोला, बाँके, लामीदमार, कालीखोला, छोडके,चनौटे लगायतका ठाउँका टेलिफाेनका लागि पनि बजार जान्थे ।  ‘हामी निकै खुसी छाैँ,’ स्थानीय इशारा लामाले भनिन् ।

`आफन्तसँग फोन सम्पर्कका लागि खयरमारा बजार र बर्दिबास आउनुपर्ने बाध्यताको अन्त्य भएकाे छ । नयाँ युगको सुरुवात भएको महसुस गरेका छौँ,’´ स्थानीय अर्जुन थापाले भने । टावर बनेकाे लामाे समयसम्म सञ्चालनमा नआएपछि पूर्वमन्त्री गिरिराजमणि पोखरेलले अनुगमन गरेका थिए । त्यसपछि उनले नेटवर्क सञ्चालनका लागि टेलिकमसँग पहल गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);