रुकुमको फोन सेवा अझै सुचारु भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रुकुमको फोन सेवा अझै सुचारु भएन

मेगराज खड्का रुकुम २८, चैत ।
रुकुममा चार दिन अघि अवरुद्ध नेपाल टेलिकमका सबै फोन सेवा अझै सुचारु भएका छैनन । शुक्रबार बेलुकीदेखि अवरुद्ध स्काइ, जिएसएम र ल्याड फोन सुचारु नभएका हुन । सेवा सुचारु नहुँदा जिल्लाका सबै ठाउँका सर्वसाधारण मारमा परेका छन् । ल्याड फोन पनि अवरुद्ध हुँदा त्यसबाट इन्टरनेट चलाउनेहरु पनि समस्यामा परेका छन् ।

नयाँ वर्षमा सिस्नोपानी

 

 

मेगराज खड्का रुकुम २८, चैत । रुकुममा चार दिन अघि अवरुद्ध नेपाल टेलिकमका सबै फोन सेवा अझै सुचारु भएका छैनन । शुक्रबार बेलुकीदेखि अवरुद्ध स्काइ, जिएसएम र ल्याड फोन सुचारु नभएका हुन । सेवा सुचारु नहुँदा जिल्लाका सबै ठाउँका सर्वसाधारण मारमा परेका छन् । ल्याड फोन पनि अवरुद्ध हुँदा त्यसबाट इन्टरनेट चलाउनेहरु पनि समस्यामा परेका छन् । अवरुद्ध फोन सेवा कहिलेदेखि सुचारु हुन्छ भन्ने पनि केही खुलेको छैन ।

 

फोन सेवा अवरुद्ध भएको तीन दिनपछि मात्रै नेपाल टेलिकमको क्षेत्रीय निर्देशनालय नेपालगञ्जले फोन सेवा अवरुद्ध हुनुको कारण बारे जानकारी दिएको छ । क्षेत्रीय निर्देशनालयले सूचना निकाली हिमपात र चट्याङका कारण रोल्पाको रातामाटा र जुम्लाको डाँफेको लेकमा रहेको रिपिटर स्टेशनमा रहेका रेडियो उपकरणहरुमा क्षेती पु¥याएको जनाएको हो ।

 

२ वटा स्टेशनमा रहेका रेडियो उपकरण जल्दा रुकुम, रोल्पा, हुम्ला, मुगु र रोल्पाको फोन सेवा अवरुद्ध भएको छ । चट्याङका कारण जलेका उपकरण मर्मतको लागि प्राविधिक टोली त्यसतर्फ गएपनि भौगोलिक विकटकता र हिमापतका कारण मर्मत कार्य सुरु नभएको जनाइएको छ । क्षेती पुगेका उपकरण मर्मत थालिएपछि मात्रै फोन सेवा सुचारु हुने बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);