बैतडीमा आंशिक रुपमा फोन चल्यो, पूर्ण खुल्न एक साता लाग्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बैतडीमा आंशिक रुपमा फोन चल्यो, पूर्ण खुल्न एक साता लाग्ने

बैतडी । बैतडीमा तीन दिनदेखि अवरुद्ध नेपाल टेलिकमको फोन सेवा बुधबारदेखि आंशिक रुपमा खुलेको छ । सोमबार राती कैलालीको खानीडाँडामा गएको पहिरोले विद्युत्को पोल ढलेसँगै फोन, इन्टरनेट र विद्युत सेवा पुर्ण रुपले अवरुद्ध थियो ।

टेलिकमको फाइबर काटिएसँगै अवरुद्ध बनेको फोन सेवा अहिले रेडियो लिंक प्रणालीबाट अस्थाई रुपले चलाएको नेपाल टेलिकम बैतडी शाखाका प्रमुख बिक्रमराम टमाटाले बताए । थ्रि फेज विद्युत् लाइनको पोलमा रुख ढलेपछि टेलिकमका सबै सेवा अवरुद्ध भएको उनले बताए । आफु कैलालीको खानीडाँडास्थित पहिरो गएकै ठाउँमा पुगेर फर्किएको टमाटाले बताए । फोनको वैकल्पिक व्यवस्था गरिएपछि पूर्ण रुपमा चल्न एक साता लाग्न सक्ने उनले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);