हुम्लाको लिमी र यारी क्षेत्रमा बाक्लाे हिमपात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हुम्लाको लिमी र यारी क्षेत्रमा बाक्लाे हिमपात

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । आइतबार बेलुकादेखि पानीसँगै हिउँ परेकाे हाे ।

नाम्खा गाउँपालिकाको लिमी र मुचुको यारीका बस्ती ४२ सय मिटरभन्दा अग्लो स्थानमा छन् । एक फिट हिउँ जमेकाले गाईवस्तु चराउन जानसमेत कठिन रहेको लिमीबाट वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

हिउँ पर्ने क्रम जारी रहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । हिमपातका कारण लिमी र मुचुको हिल्सा जाने मार्गसमेत अवरुद्ध भएकाे छ । तापक्रम माइनसमा झरेपछि जनजीवन प्रभावित भएको छ भने सञ्चार सेवासमेत बन्द भएको तामाङले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);